काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) हरुको सरुवा गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको मनावश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।
कार्यालयले शुक्रबार गरिएको काज सरुवा अनुसार संखुवासभामा बीरेन्द्र गोदार , मुस्ताङमा रबिन्द्र नाथ पौडल र लम्जुङमा प्रकाश श्रीमल जिल्ला प्रहरी प्रमुख बनेका छन् ।
यस्तो छ काज सरुवा सूची
