Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेको बहिस्कार, धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित

काठमाडौं । एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि धरान उपमहानगरको कार्यपालिका बैठक स्थगित भएको छ ।

धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो ।

हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । बहिष्कार गरेको भन्दै बैठकबाट बाहिरिएपछि कार्यपालिका स्थगित भएको हो । किन स्थगित गरेको कारणबारे केही बोल्नु भएन । कार्यपालिका बैठकमा आफ्नो कुरा राख्ने, विरोध गर्ने अधिकार त थियो नि । तर, बिना छलफल र जानकारी नै नदिई यसरी बैठक बहिष्कार गर्नु स्वभाविक भएन । उहाँहरुले दलीय रुपमा असयोग गर्न खोजेको हो भने त्यो गलत हुनेछ,’ उपप्रमुख बेघाले भने ‘आजको बैठकमा बाटोको मापदण्डको विषय, संस्थागत विद्यालयको पदपुर्ती र सुधार सम्बन्धी योजना, कर्मचारीहरुको मुल्यांकन लगाययतको विषय थिए । कार्यपालिकामा बहुमत सदस्यले बहिष्कार गरेपछि एजेण्डा अगाडी नै बढेन ।’

कार्यपालिका बैठक स्थगित भएपछि मेयर हर्क साम्पाङ्ग राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘आज अनेकन एजेन्डामध्ये साबुन फ्याक्ट्री खोल्ने र खानेपानीको लागि ठूलो जलाशय बनाउने मेरा एजेन्डाहरु थिए तर कार्यपालिका बैठक बस्न सकेन । आशा छ छिट्टै बसिनेछ बैठक र पारित हुनेछन् । ’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077