Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात वर्षीया बालिका खोलामा मृत भेटिइन्

कैलाली । कैलालीमा एक बालिका खोलामा मृत फेला परेकी छन् ।

जिल्लाको को मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रवार खोलामा मृत फेला परेकी हुन् ।

बिहीवार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रवार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।

उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन् । उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077