Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विद्यार्थीले पढाइ नसकेसम्म राजनीतिमा प्रवेश गर्नु हुँदैन : शशांक कोइराला

पूर्वी नवलपरासी । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले विद्यार्थीले पढाइ नसकेसम्म राजनीतिमा प्रवेश गर्न नहुने सुझाव दिएका छन् ।

यसपटकको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई गैंडाकोटमा शनिबार आयोजित सम्मान कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् ।

विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा आफूले कांग्रेसका नेता बीपी कोइरालाबाट सिकेको उनको भनाइ थियो । 'विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा मैले बीपी कोइरालाबाट सिकेको हो । पहिले पढ्ने अनि पढाइमा उत्कृष्ट बनेपछि मात्र राजनीतिमा लाग्नुपर्छ,' कोइरालाले भने ।

विद्यालय राजनीति गर्ने ठाउँ नभएको भन्दै पहिला विद्यार्थीहरू पढाइमा दक्ष हुन जरुरी रहेको सुझाव दिए ।जसले जे काम गर्छ त्यसलाई उत्कृष्ट बनाउनुपर्ने दायित्व पनि उसैको हुने भन्दै विद्यार्थीहरूलाई उनले पढाइमा अब्बल हुनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077