Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रविप्रति लक्षित गर्दै ओलीले भने - नेताहरुको अपमान भयो, यो भँडुवाहरुको तरिका हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेताहरुको अपमान गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको बताएका हुन् ।

अध्यक्ष ओलीले रविलाई ‘भडुवा’ भनेका छन् । रवि एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको ओलीले टिप्पणी गरे । ‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन ?’ ओलीले प्रश्न गरे ।

तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए । ओलीले युवालाई पार्टी चाहिँदैन भनेर भ्रम फैलाउन खोजेको लामिछानेमाथि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077