Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने सुरक्षा अधिकारीको निर्णय

जनकपुर । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको जनकपुरमा बसेको संयुक्त बैठकले सीमानाकाबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ।

बैठकले खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी, तस्करी, लागुऔषध ओसारपसार, अवैध गतिविधिलगायत आपराधिक क्रियाकलापलाई रोक्न दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

बैठकले सीमामा हुने अपराध तथा लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमास्तम्भहरूको अवस्था कस्तो छ रु मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतका विषयमा निर्णय भएको प्रजिअ पौडेलले बताए।

यो बैठक नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठक रहेको र यस्ता बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै समय–समयमा सुरक्षाकर्मीबाट सहयोग पनि भेटिरहेको प्रजिअ पौडेलले विश्वास व्यक्त गरे।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077