Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषधसहित कञ्चनपुरबाट दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० झलारी बस्ने २४ वर्षीय दिपेन्द्रसिंह बिष्ट र पछाडी सवार अन्दाजी २५ वर्षीय किशोर थापा रहेका छन् ।

सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बेलौरी नगरपालिका–६ बैशाखामा भारतबाट नेपाल तर्फ आउदै गरेको म१प ३९७८ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट सेतो प्लाष्टिकको थैलीमा लुकाएर ल्याउदै गरेको अवस्थामा १८.४९ ग्राम लागुऔषध खैरो हिराईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077