Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

अदालत जान खोज्दा सर्वोच्च परिसरबाट निहारिका राजपुत पक्राउ

काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिइएको जनाएको छ ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077