Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुनै अभिष्ट पूरा गर्न महाभियोग प्रस्ताव दर्ता गरेको त होइन : खगराज अधिकारी

    कुनै अभिष्ट पूरा गर्न महाभियोग प्रस्ताव दर्ता गरेको त होइन : खगराज अधिकारी

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।

    छलफलको सुरुवातमा बोल्दै एमाले सांसद खगराज अधिकारीले अब संसदको आयु ३ महिनापनि बाँकी नरहेको अवस्थामा थालिएको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् ।



    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद अधिकारीले प्रस्ताव दर्ता भएको तीन महिनाभित्र सम्पादन हुनुपर्नेमा समय निकै ढिलो भएको बताएका हुन् ।



    उनले भने, ‘संविधानको उपहास नगरौं । महाभियोगसम्बन्धी प्रस्ताव समयभित्र सम्पादन गर्नुपथ्र्यो । गम्भीर प्रश्न खडा भयो । समयभित्र निरुपण हुनुपथ्र्यो । रीत पुर्‍याएर भन्ने मात्रै नगरौं । गम्भीर प्रकृतिका बहस गर्न तीन महिना मात्रै समय छ ।’

    उनले सरकारले संघ र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेको र महाभियोग प्रस्तावमाथि छलफल सकेर समितिमा पठाउनुपर्ने भन्दै ३ महिना समयावधि कम भएको भन्दै सरकारमाथि प्रश्न गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार