Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन् – चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य शर्त

    गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन् – चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य शर्त

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 525
    SHARES

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उनले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य शर्त भएको बताए ।



    मुख्यमन्त्री अधिकारीले सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न निर्देशन दिए ।



    आर्थिक ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गरी पुराना बेरुजु फछ्र्यौट एवं नयाँ बेरुजु हुन नदिनेतर्फ विशेष पहल गर्न उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार