Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आज विश्वासको मत लिँदै

    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आज विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 693
    SHARES

    कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज १ बजे विश्वासको मत लिन लागेका हुन् ।

    अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



    तर स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले भने विश्वासको मत नदिने बताएका छन् । त्यसो हुँदा अधिकारीको पक्षमा ३१ सांसदले मत दिने छन् ।



    एमालेकै १ सांसद जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्ने छन् । ६० सांसद रहेको यहाँ सरकार बनाउन कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । विश्वासको मत लिन उनले संसद सचिवालयलाई जानकारी गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार