Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री खगराज पदमुक्त

    गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री खगराज पदमुक्त

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 705
    SHARES

    काठमाडौं । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ । शनिवार प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेका हुन् ।

    सरकारलाई समर्थन गरेको दल माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्याएर विश्वासको मत लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवस्यक थियो । उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत परेको छ । उनलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् ।



    माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए ।



    गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही महिनाको २९ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्रीले विश्वास गुमाएसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार