Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी

    आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 609
    SHARES

    काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले आज विश्वासको मत लिन लागेका हुन् ।

    संवैधानिक बाध्यताका कारण उनले आज सम्ममा विश्वासको मत लिनैपर्ने हुन्छ । प्रदेशसभाको बैठक आजलाई डाकिएको छ ।



    आजको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै उनले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका थिए ।



    गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको समर्थन चाहिन्छ । गएको पुस २५ गते एमाले, माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार