Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

वीर अस्पतालमा बेड र क्याबिन मिलाइदिने बिचौलियाको बिगबिगी : सांसद प्रधान

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले वीर अस्पतालमा सेवाग्रहीहरुले विभिन्न किसिमका अड्चन र समस्याहरु व्यहोर्नुपरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अस्पतालको व्यवस्थापन असक्षम भएपछि सेवाग्रहीहरुले धेरै समस्या भोग्नुपरेको र भौतिक पूर्वाधार तथा सेवाको स्तर खस्किदै गएको बताएका हुन् ।

प्रधानले भने,'अस्पतालमा भर्ना भएका जेष्ठ नागरिकहरुले सहुलियतमा उपचार पाएका छैनन। इमजेन्सीमा भर्ना भएका बिरामीले बेड पाउँदैनन। बेड मिलाइदिने बिचौलियाहरुको इमरजेन्सी अगाडी बिगबिगी छ। बेड नपाएपछि बिरामीका आफन्तहरुले माननियहरुलाई फोन गर्छन। बिचौलियाहरुले ५ हजार रुपैयाँ माग्छन र क्याबिन मिलाइदिने आश्वासन दिन्छन।'

उनले अस्पताल व्यवस्थापनका लागि व्यवस्थापनमा स्नाकोत्तर गरेका व्यक्तिलाई प्रमुख कार्यकारी बनाएर अस्पताल व्यवस्थापनको जिम्मा दिन सरकारसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077