Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ मार्फत महिलालाई हैरानी दिने कुँवर पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाई लाइभ स्ट्रिमिङ मार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ३, टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिएर पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको सहयोगमा शुक्रबार पक्राउ परेका उनीमाथि अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान भइरहेको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077