Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष ढकालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा पुगेर नेपाल परिवार दलका अध्यक्ष ढकालले एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको बताइएको छ । गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए ।

अगामी निर्वाचनमा दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077