Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साढे दुई लाखबढी मूल्य बराबरका भन्सार छलीका अवैध सामान बरामद

कैलाली । कञ्चनपुरमा भन्सार छलीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ बाट सामान बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलीले चिनी, बिडी, युरीया मल गरि अन्दाजी १ लाख ५० हजार ५०० बराबरको सामान बरामद गरेको हो ।

भारतबाट भन्सार छली ल्याइएका विभिन्न सामान १ लाख १५ हजार ३० गरी जम्मा २ लाख ६५ हजार ५३० मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

बरामद गरिएका सामान आवश्यक कारवाहीको लागी सम्बन्धित भन्सार कार्यालय बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077