Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हङकङमा कोरोना प्रतिबन्ध खुकुलो, अब तीन दिन मात्रै क्वारेन्टिनमा बस्नु पर्ने

एजेन्सी । हङकङमा बाहिरबाट आउने नागरिकका लागि होटल क्वारेन्टिनको अवधी घटाइने भएको छ ।

सोमबार हङकङ प्रमुख जोन ली का चिउले होटल क्वारेन्टिनको अवधी तीन दिनमा झारिएको घोषणा गरेका हुन् ।

यसअघि पाँच दिन क्वारेन्टिन र दुई दिन होम आइसोलेसन बस्नुपर्ने हुन्थ्यो । गत साता नै क्वारेन्टिन घटाउने घोषणा गर्ने तयारी गरिएको भए पनि अन्तिम समयमा रद्द भएको थियो ।

अब बाँकी ४ दिन भने मेडिकल निरीक्षणसहितको होम आइसोलेसनमा बस्नुपर्ने छ । शुक्रबारबाट कार्यान्वयनमा आउने नयाँ नियमअनुसार होम आइलेसनमा बसेको बेला सीमित गतिविधिको लागि मात्र अनुमति दिइएको छ ।

जसअनुसार कोरोना खोपको पास अनिवार्य नभएका स्थानमा मात्र उनीहरुले भ्रमण गर्न पाउनेछन्। हङकङ सरकारले कोभिड–१९ महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो बनाउदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077