Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनुषामा बस दुर्घटना हुँदा २० जना घाइते, पाँच जनाको अवस्था गम्भीर

धनुषा । धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा रात्री बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जसमध्ये पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट काँकडभित्ता गइरहेको प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको सुपर अग्नी रात्री बस सोमबार बिहान ४ बजे दुर्घटनामा परेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बस दुर्घटनामा परी पाँच जना गम्भीर घाइते र १५ जनालाई सामान्य चोटपटक लागेको छ ।

गम्भीर घाइते भएकाहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ । भने सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077