Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली

एजेन्सी । ब्राजिलको जियू–जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली हानिएको छ ।

जियू–जित्सू एक ब्राजिलियन मार्शल आर्ट र कम्ब्याट स्पोर्ट हुन् जो ग्राउन्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ । ३३ वर्षीय लिआन्ड्रो लोमाथि गोली प्रहार हुँदा उनी नाइट क्लबमा थिए ।

प्रारम्भिक जानकारी अनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए । गोली हानेलगत्तै देखि उनी फरार छन् ।

आक्रमण लगत्तै लुलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको ब्रेन-डेड घोषणा गरेका छन् । लो जिउ जित्सु एथलीट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी रहँदै आएका छन् ।

उनी आठ पटक विश्व च्याम्पियनसिपका विजेता बनिसकेका छन् । प्रहरी रिपोर्टका अनुसार अफ ड्युटी प्रहरी अधिकारीहरूले एउटा सिसाको बोतल लिएर मानिसहरूलाई तर्साउन खोजिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077