सुनसरी । प्रहरीले लागू औषध ९खैरो हेरोइन० कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले इटहरी–४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो ।
उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई प्रहरीले पक्राउ गरेको छ ।
विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
आरोपीहरूमाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।