काठमाडौंं । सिंहदबारमा कार्यरत नायब सुब्बाहरूले सोमवार ‘पेन डाउन’ गरेको छ ।
‘नासु बचाउँ’ आन्दोलनका क्रममा उनीहरूले सोमवार पेनडाउन गरेका हुन् । पेनडाउनमा नासुभन्दा मुनिको तहका कर्मचारीहरू पनि सहभागी भएका छन् ।
सरकारले बढेको कर्मचारीको तलबमान आइतवार सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएको तलबमान सरकारले बजेट भाषणमा गरिएको घोषणावपरीत माथिल्लो तहका कर्मचारीहरू तलब धेरै बढाइएको भन्दै नायब सुब्बाहरूले पेन डाउन गरेका हुन् ।