Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एक्कासि हाइभोल्टेज आएर करेन्ट लाग्दा एकजनाको मृत्यु

पर्वत । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ विस्तार भएको विद्युतीय लाइनमा आएको उच्च करेन्टका कारण एक जनाको मृत्यु भएको छ। भने अरू १३ जना घाइते भएका छन्। करेन्ट लागेर स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको हो ।

करेन्ट लागेर अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीस्थीत बेनी अस्पताल लगिएको छ । उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाँदै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

घटनामा परी अन्य १३ जना घाइते भएका छन्। उनीहरू ४० वर्षीय बुद्धिराम दर्जी, ३० वर्षीया टीका दर्जी, ४५ वर्षीय वीरबहादुर क्षेत्री, ३५ वर्षीया देवी क्षेत्री, २६ वर्षीया विनिता आचार्य, ५२ वर्षीय जय प्रसाद शर्मा, ५२ वर्षीया सरस्वती आचार्य, १२ वर्षीया पूर्णिमा आचार्य,

६३ वर्षीय जगन गिरी र २१ वर्षीया सरिता क्षेत्री रहेका छन्। उनीहरूको हात, खुट्टा, गर्धन लगायतका शरीरका विभिन्न भागमा डढ्नुको साथै अन्य चोटपटक पनि लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077