काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले सिट बाँडफाँटबारे प्रारम्भिक छलफल सुरु गरेको छ ।
सोमबार बालुवारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटमा दावीबारे प्रारम्भिक सुझाव संकलन गरेको हो ।
बैठकमा नेताहरुले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपर्ने गरी गठबन्धन गर्न सुझाएका छन् ।
यस्तै उनीहरुले सबैलाई न्याय हुने गरी गठबन्धन गर्न सुझाव दिए । कांग्रेसबाट कार्यदलमा कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा रहेका छन् । कार्यदललाई सिट बाँडफाँटको जिम्मा दिइएको छ ।
संघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ ।