Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसले १ सय सिट आफूसंगै राख्ने

काठमाडौं । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधीसभाको निर्वाचनमा नेपाली कांग्रेसले १ सय सिट आफूले राखेर ६५ वटा सिटमा मात्र गठबन्धनका दलहरुसँग तालमेल गर्ने भएको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान बालुवाटारमा बोलाएको पदाधिकारीहरुको बैठकले १ सय सिटलाई

बोर्डरलाइन मानेर ६५ सिट अन्य गठबन्धन दलहरुबीच भागबण्डा गर्ने गरी तालमेलका लागि वार्ताअघि बढाउने निर्णय गरेको हो।

प्रदेशसभाको सिट संख्या पनि यही अनुपातमा राख्ने पदाधिकारीहरुबीच सहमति भएको छ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने लिखित सहमति भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077