Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपाका प्रवक्ता शाहीद्धारा संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी संसदीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्।

काठमाडौंमा सोमबार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै शाहीले कुनै दलका विरुद्ध नभई जुम्लीको जीवनस्तर उकास्न आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

खेतका आलीमा फल्ने बोझोलाई बेच्ने हो भने पनि एउटा जुम्लीले लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने भन्दै उनले जुम्ला स्रोत नभएर गरीब नभएको जिकिर गरे।

जुम्लामा फलेका खाद्यान्न र फलफूलले बजार नपाएका कारण जीवनस्तर माथि उठाउन नसकिएको उनको भनाई छ।

जुम्लामा संघीय चुनावका लागि प्रत्यक्षतर्फ एउटा निर्वाचन क्षेत्र रहेको छ। यहाँबाट अघिल्लो चुनावमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077