Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • न्याय परिषद्को बर्खास्तीमा परेकी रेणुका साहको रिटमा सक्कल फाइल झिकाउन आदेश

    न्याय परिषद्को बर्खास्तीमा परेकी रेणुका साहको रिटमा सक्कल फाइल झिकाउन आदेश

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 933
    SHARES

    काठमाडौं । न्यायपरिषदको सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

    रिटमाथि निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शतिष कृष्ण खरेल, बाबुराम कुँवर, डा सुरेन्द्र भण्डारी र सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरू मेघराज पोखरेल, डा भीमार्जुन आचार्य र रमणकुमार कर्णले बहस गरेका थिए ।



    गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कार्यान्वयन गरेका थिए ।



    परिषद्ले साहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार