Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • न्याय परिषद्को बर्खास्तीमा परेकी रेणुकाको पुनर्बहालीको मुद्दा सुवेदीको इजलासमा

    न्याय परिषद्को बर्खास्तीमा परेकी रेणुकाको पुनर्बहालीको मुद्दा सुवेदीको इजलासमा

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । न्याय परिषद्को बर्खास्तीमा परेकी उच्च अदालतकी पूर्व न्यायाधीश रेणुका साहले पुनर्बहालीका लागि दायर रिट सोमबार पनि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ ।

    आइतबार बेन्च बस्न नभ्याएर सुनुवाइ नभएको उक्त मुद्दा सोमबार पनि न्यायाधीश सुवेदीको एकल इजलासमा परेको हो ।



    गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शाहलाई बर्खास्त गरेका थिए ।



    परिषद्ले शाहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ ।

    न्याय परिषद्ले बर्खास्तीका लागि सिफारिस गर्दा शाहले निरन्तर १० वर्षसम्म वकालत गरेको नपाइएको र उच्च अदालतमा न्यायाधीश बन्ने तीन दिन अगाडि सम्म पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा जागिर खाइरहेको पाइएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार