Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रेणुका साहको रिटमा सर्वोच्चले माग्यो बर्खास्त गर्नुको कारण

    रेणुका साहको रिटमा सर्वोच्चले माग्यो बर्खास्त गर्नुको कारण

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठममाडौं । न्यायपरिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीशको बर्खास्तीमा परेकी पूर्वन्यायाधीश रेणुका साहको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

    न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालतको न्यायाधीश हुन योग्यता नपुगेको भन्दै न्यायपरिषदले शाहलाई बर्खास्तीको सिफारिस गरेको थियो ।



    बर्खास्तमा परेपछि रिट निवेदन लिएर शाह सर्वोच्च अदालतमा पुगेकी हुन् । यसअघि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले गत साउन २३ मा यस रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।



    शाहको रिटमा न्याय परिषद, कामु प्रधानन्यायाधीश, कानुन तथा न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, दुई न्याय परिषद्का अन्य सदस्य, कामु मुख्य रजिष्ट्रार र न्याय परिषद्का सचिवलाई विपक्षी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार