Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

घरमै राखिएको मोटरसाइकलमा आगजनी

कैलाली । धनगढीमा घरको बरण्डामा राखिएको मोटरसाइकलमा आगजनी भएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेका हुन् ।

सबै जना सुतिसकेको अवस्थामा मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्था भेटिएको बताए ।

घटनाबारे अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077