Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आयोगमा १० औं पार्टीका रुपमा एमाले दर्ता

काठमाडौं ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

एमाले महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित चिठी बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।

यससँगै आयोगमा नयाँ दर्ता भएका राजनीतिक दलको संख्या १० पुगेको छ । आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यसपछि क्रमस मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077