Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दलहरुले प्रत्यक्ष सिटमा महिला उम्मेदवारी दिन कञ्जुस्याई गरे : बिन्दा पाण्डे

काठमाडौं । प्रतिनिधिसभा बैठकमा निर्वाचनमा महिलाको प्रतिनिधित्वबारे जरुरी सार्वजनिक महत्वको विषयमाथि एमाले सांसद बिन्दा पाण्डेले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो विषयमा ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले संविधानमा व्यवस्था भएको महिला सहभागिता बारेको व्यवस्था कार्यान्वयनको क्रममा रहेपनि स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा महिला नै उठाउनुपर्ने भन्ने गलत सन्देश गएको बताईन् ।

उनले वडा सदस्यमा ५० प्रतिशत महिला प्रतिनिधित्व कार्यान्वयन भएपनि वडा अध्यक्षमा १ प्रतिशत भन्दा कम महिला रहेको बताइन् । संसदीय निर्वाचनमा समानुपातिक निर्वाचनको बन्द सूची महिलाका लागि भन्ने धारणा विकास भएको बताउँदै प्रत्यक्ष सिटमा महिला उम्मेदवारी दिन दलहरुले कञ्जुस्याई गरेको उल्लेख गरे ।

संविधान जारी भएको ६ वर्ष वितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता नभएकोले भन्दै आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077