Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जापान भ्रमणमा रहेका प्रचण्ड र लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले मंगलवार उक्त पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कइसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच लिबरल डेमोक्रेटिक पार्टीको हेडक्वार्टरमा भेटवार्ता भएको हो ।

भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदन–प्रदान गर्नेदेखि स्थानीय शहर नगरहरूबीच भगिनी सम्बन्ध विकास गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि उनको राजनीतिक भेटघाटको विषयमा केही पनि सार्वजनिक गरिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077