काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने सांसद राजेन्द्र महतोले बताएका छन् ।
सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताएका हुन् ।
उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्न बताए ।
उनले जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए ।