Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका हारोनलाई थुनामा राख्न आदेश

काठमाडौं । भारतीय नागरिक यूसुफ हारोन जेल चलान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित पक्राउ परेका उनलाई मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश इन्द्रकुमार चोङ्टेन्लीलले हारोनलाई थुनामा पठाउने आदेश दिएका हुन् । उनीमाथि सुन भन्सार चोरी पैठारीमा मुद्दा चलाइएको थियो ।

एम ४९५०८९५ वाहक ४२ वर्षीय हारोलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले साउन ११ गते पक्राउ गरेको थियो। विमानस्थलबाट अवैध रूपमा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन हारोनबाट बरामद भएको थियो।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले सुनसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077