Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय मालवाहक ट्रकबाट १४३ केजी गाँजा बरामद

वीरगन्ज । भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा रोकी राखिएको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकको खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद भएको हो ।

ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

आवश्यक कारवाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077