Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन किलो गाँजासहित आशिष र दिपेश पक्राउ

विराटनगर । गाँजासहित सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन् ।

प्लाष्टिकमा प्याक गरिएको गाँजा स ९ प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट तीन किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077