Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु : प्रचण्ड

काठमाठौं । जापान भ्रमण सकेर नेपाल फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणबाट जापानमा भएका नेपालीहरु धेरै नै खुसी भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको बताएका छन्।

आसन्न संघ र प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि जापानबाट संसदीय टिम आउने अपेक्षा गरिएको उनको भनाइ छ।

उनले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077