Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ ।

आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय तोकेको छ ।

आयोगले समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले भदौ ८ मा निवेदन दिन सूचना आह्वान गर्नेछ ।

भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेस गर्नुपर्ने हुन्छ । उक्त निवेदन १३ गते आयोगले प्रकाशन गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077