Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा १ सय ४४ किलोग्राम गाँजा बरामद

पर्सा । पर्सामा सशस्त्र प्रहरीले करिब १४४ किलोग्राम गाँजा बरामद गरेको छ ।

जिल्लाको बीरगंज महानगरपालिका २४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट बुधबार राति सशस्त्र प्रहरीले करीब १४४ के.जी गाँजा बरामद गरेको हो ।

सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले गाँजा बरामद गरेको हो ।

सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077