Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउपछि जेल चलान

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी जेल चलान भएका छन् । जिल्ला अदालत भक्तपुरको आदेशमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापा जेल चलान भएका हुन् ।

थापालाई बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट ५८ लाख ९६ हजार ५०० रुपियाँ जरिवाना र एक महिना १५ दिन कैद फैसला भए पनि हालसम्म फरार रहेकाले मंगलबार प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको थियो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको थियो ।

तोकिएको कैद र जरिवाना भुक्तानका लागि अदालतले कैद पुर्जी जारी गरी थापालाई कारागार पठाएको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077