Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कान हत्या प्रकरण : दुई आरोपी पुर्पक्षका लागि जेल चलान, सिलवाल २० हजार धरौटीमा छुटे

चितवन । चितवनमा छुरा प्रहारबाट कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विश्व भनिने हेमन्त बास्तोला र सुनिल राउत पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रोहितप्रसाद सिलवाल धरौटीमा रिहा भएका छन्। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सिलवाल २० हजार रुपैयाँ धरौटीमा छुटेका हुन्।

कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा गत वैशाख २५ गते मोटरसाईकलमा आएका व्यक्तिहरूले कानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।कानमाथि १० भन्दा बढी ठाउँमा छुरा हानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077