Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दोलखाको विगुमा पहिरो : केही घर पुरिए, खोलिखिम बजारको बस्ती नै जोखिममा

दोलखा । दोलखाको विगु गाउँपालिका–४ मा भीषण वर्षापछि आएको पहिरोले केही घर पुरिएका छन् ।

बुधबार साँझको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारमा रहेका ४/५ वटा घरहरु पूर्ण रुपमा परिएका हुन् । गाउँपालिका उपाध्यक्ष देविका थामीका अनुसार पहिरो गएको सो क्षेत्रको बस्ती नै जोखिममा परेको छ ।

यद्यपी मानवीय क्षति भने अहिलेसम्म भएको छैन् । स्थानीयको पहलमा नेपाल प्रहरी र जनप्रतिनिधिहरु उद्धारमा खटिएको उपाध्यक्ष थामीले जानकारी दिइन् ।

सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पहिरोले खोलिखोम एरियाका ३० वटा जति घर जोखिममा परेका छन् ।

बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् । बुधबार बिहानैबाट पहिरोले पुरिएका घरहरुमा भएका सामानहरुको उद्धार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077