Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मतदातालाई रविन्द्र मिश्रको आग्रह - नेतृत्व चयन गर्दा सक्षम व्यक्तिलाई पहिचान गरेर मात्रै मत दिनु

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन मतदातालाई आग्रह गरेका छन्।

बहकिएर नेतृत्व चयन गर्दा देशमाथि धेरै घात भएको भन्दै उनले सक्षम व्यक्तिलाई पहिचान गरेर मात्रै मत दिन आग्रह गरेको हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘इमानदारी र क्षमताको परिक्षण हुँदै जाला, परिपक्वता भएन भने कस्ता कच्चा काम हुन्छन्, परिणाम देखिन थालेको छ। कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ।’

स्थानीय निर्वाचनको नेतृत्व चयन गर्दा आफूले इमानदारी, क्षमता र परिपक्वता आवश्यकता रहेको बुझेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077