Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बन्चरो हानेर पत्नीको हत्या, पति पक्राउ

अछाम । अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

जिल्लाको पञ्चदेवल विनायक नपा–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका लोग्ने पदम कामी पैलु समातिएका हुन्।

यही साउन ११ गतेको रात हत्या गरेर फरार भएका ५४ वर्षीय पदमलाई बुधबार प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो।

उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077