Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगमा २१ राजनीतिक दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता भएका छन् ।

आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ ।

आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077