Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी चुनावका लागि एक लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गरिन्छ : आईजीपी सिंह

काठमाडौं । आईजीपी धिरजप्रताप सिंहले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा म्यादी प्रहरीको संख्या अझै बढ्ने बताएका छन् ।

आज प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आईजीपी सिंहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वैशाख ३० मा भएको स्थानीय तहको चुनावमाभन्दा धेरै संख्यामा म्यादी प्रहरी भर्ना गरिने बताएका हुन् ।

उक्त निर्वाचनमा ४० दिनका लागि म्यादी भर्ना गरिने आईजीपी सिंहले बताए । स्थानीय तहको निर्वाचनमा करिब एक लाखको संख्यामा म्यादी प्रहरी खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077