Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष लिँदैनन् : आईजीपी सिंह

    निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष लिँदैनन् : आईजीपी सिंह

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी) धीरजप्रताप सिंहले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि प्रहरी अधिकृतले पार्टीको पक्ष नलिने दाबी गरेका छन् ।

    कार्यकालको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    वैशाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनको सुरक्षामा कुनै त्रुटी नगरिएको दाबी गर्दै सिंहले आगामी निर्वाचनमा पनि त्रुटिरहित ढंगले सम्पन्न गरिने बताए ।



    मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार