Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बसुन्धाराबाट बैंकिङ कसुर मुद्दाका फरार छत्रबहादुर रोक्का पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको बाग्लुङ नगरपालिका-३ घर भई काठमाडौंको बसुन्धारा बस्दै आएका ५२ वर्षीय छत्रबहादुर रोक्का क्षेत्री रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार बसुन्धाराबाट पक्राउ गरेको हो।

पक्राउ परेका क्षेत्रीले जग्गा बैनाको लागि ४० लाख रुपैयाँ लिएका थिए। उक्त जग्गा पास गर्न नसकेपछि उनले चेक काटेर पैसा फिर्ता गर्न लागेको तर बैंकमा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको थियो।

आवश्यक कारबाहीका लागि क्षेत्रीलाई प्रहरी वृत्त बानेश्वर पठाएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077