Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपाललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण देखिएको छ ।

अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेको सचिवालयले जनाएको छ ।

संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077